आयरल्याण्ड ‘ए’माथि नेपाल ७१ रनले विजयी-Sutra News

आयरल्याण्ड ‘ए’माथि नेपाल ७१ रनले विजयी

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी मैत्रीपूर्ण खेलमा नेपालले आयरल्याण्ड ‘ए’माथि ७१ रनले जित निकालेको छ ।



नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले जम्मा १२७ रनको बनाएको हो ।

नेपालले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै १९८ रन बनाएको थियो । नेपालको लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बल खेल्दै ४६ रन बनाए । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

कुशल मल्लले १३ बलमा ३४ रन, कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । अनिल साहले ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदा ओपनरद्वय कुशल भुर्तेलले २५ रन बनाउँदा आशिफ शेखले ११ रन बनाए ।

सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेश यादव ८ रनमा नटआउट भए । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर १९८ रन बनाएको थियो । ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको आयरल्याण्ड ‘ए’ ले १८.३ ओभरमा अलआउट हुनुपहिले १२७ रन बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान ३-३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट