२० महिनापछि छायाकंनको तयारीमा मिलन चाम्स-Sutra News

२० महिनापछि छायाकंनको तयारीमा मिलन चाम्स

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो चरणको छायाकंन करिब २० महिनाअघि सकिएको थियो । वि.सं. २०७९ साउनमा ५० प्रतिशत छायांकन रोमानियामा सक्काएर रोकिएको यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी सहित निमार्ण पक्ष यतिबेला फेरि सलबलाएको छ ।



फिल्मका निर्देशक चाम्सले चैत्रको तेस्रो साताबाट छायांकनको काम अगाडि बढ्ने भन्दै फिल्मका डेब्यू नायक विवेक कर्माचार्य शरीर सुगठित गरिरहेको तस्विर सार्वजनिक गराएका छन् ।

फिल्मको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताएका छन् । उनका अनुसार, ‘फिल्म ‘वर एण्ड बधु’को छायांकन अब अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी भइरहेको छ।’

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । फिल्ममा वरको भूमिकामा भने नव-नायक विवेकले अभिनय गरिरहेका छन् ।

फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहनेछ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । सुदिप बरालको छायांकन रहेको यो फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट