आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १३ गते मंगलबार । सन् २०२४ मार्च २६ तारिख । नेपालमा सूर्योदय बिहान ६ः०० बजे भयो भने सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ ।



मेष

कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । विभिन्न अवसर जुर्ला । तर नयाँ कामको सुरुवात भने खासै राम्रो नभएकोले त्यस्त योजना थाती राख्नु हितकर हुनेछ । पारिवारिक भेटघाटको दिन छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।

बृष

सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

विशेष योजनाहरू बन्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । नयाँ ज्ञान सिक्ने मौकाको योग छ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वसाजसज्जा सम्बन्धी काममा आकर्षण रहनेछ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आजको दिन केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनु होला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता र सुख बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या

मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने योग छ । प्राकृतिक पर्यावरणमा रमाइएला । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला

अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनले सफलता दिलाउला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । कर्मबल वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । यात्रा शुभ हुनेछ ।

बृश्चिक

कर्मबल वृद्धि हुने तथा उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च वृद्धि होला । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिन्छ, सचेत रहनुहोला । साझेदारीको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु

भाग्योदय हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्न पनि सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । स्वास्थ्य सवल बन्नेछ ।

मकर

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधनप्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । आरोग्यता बढ्नेछ । पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ देला ।

कुम्भ

अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । काममा प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । आनन्द र आरोग्यता वृद्धि हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

बन्न लागेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिल्ने योग भएकोले सचेत रहनु हितकर होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । आफन्तको साथ कमै मिल्नेछ । तथापि, समस्याको समाधान मिल्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट