पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन-Sutra News

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो ।



अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन् ।

यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले आयोग बनाएको थियो । उक्त आयोगले पाँच हजारभन्दा बढी मिटर ब्याजसम्बन्धी लेनदेन टुग्योमा पुर्याएको थियो ।

समस्या समाधान नभएको भन्दै पीडितहरु २३ दिन हिँडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाएको हो । सोहीअनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन भएको सञ्चार मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट