लामो समयपछि पानी परेसँगै खुसी भए किसान-Sutra News

लामो समयपछि पानी परेसँगै खुसी भए किसान

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

इलाम । लामो समयपछि वर्षा भएसँगै किसान खुसी भएका छन् । गए रातिदेखि पानी परेपछि इलाममा विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका हुन् ।



किसान मात्रिका खतिवडाले पानी परेपछि मकै छर्न सहज भएको बताए । ‘चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ, अन्य बालीको उब्जनी अब बढ्ने छ,’ उनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।’

इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि पानी परिरहेको उनको भनाइ छ । ‘पानी नपर्दा अलैँची सुक्न थालेको थियो, मकै छर्न सिँचाइ गर्नु पर्ने अवस्था थियो, तर पानी परेपछि सबै किसानलाई सहज भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट