निसीखोलामा बस दुर्घटना हुँदा घाइते तीन महिनाकी बालिकाको उपचार जारी-Sutra News

निसीखोलामा बस दुर्घटना हुँदा घाइते तीन महिनाकी बालिकाको उपचार जारी

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिका ६ मा सोमबार साँझ बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जन यात्रु घाइते भए ।



घाइतेमध्ये रुकुम पश्चिम मुसिकोट ३ की सरिता खड्का ढकालकी तीन महिनाकी छोरी ज्ञानु ढकालको उपचार भइरहेको छ ।

उनको उपचार पोखराको मणिपाल शिक्षण अस्पतालमा भइरहेको हो । यस क्रममा उनको रेखदेखमा उनका हजुर बुबा लोकन्द्र खड्का अस्पताल पुगेका छन् । बालिकाकी आमाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट