आयरल्याण्डविरुद्ध खेल्न ४० खेलाडी प्रारम्भिक टोलीमा-Sutra News

आयरल्याण्डविरुद्ध खेल्न ४० खेलाडी प्रारम्भिक टोलीमा

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०
काठमाडौं । आयरल्याण्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ ।
नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तीन एक दिवसीय र तीन ट्वान्टी २० खेल खेल्नेछ । जसका लागि छनोटमा परेका ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा देव खनालसहित विनोद भण्डारी, आरिफ शेख, हरिशंकर साह, रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री र श्याम ढकाल (मौसम) छन् ।
त्यसैगरी रञ्जित कुमार, विकास आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दीपेश कँडेल तथा रिजन ढकाल समावेश छन् ।
आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन् ।
नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच यही चैत १३, १६ र १८ गते ट्वान्टी २० खेल हुनेछ । त्यस्तै चैत २१, २३ र २५ गते एक दिवसीय खेल हुनेछ ।
त्यसअघि आयरल्याण्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग यही चैत ११ र १२ गते ट्वान्टी २० खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट