पोखरा पर्यटकीय राजधानी घोषणा, आजदेखि २४सै घण्टा खुला रहने-Sutra News

पोखरा पर्यटकीय राजधानी घोषणा, आजदेखि २४सै घण्टा खुला रहने

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । गण्डकी प्रदेशको केन्द्र पोखरालाई पर्यटकीय राजधानीको रुपमा औपचारिक घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका बीच पर्यटकीय राजधानीको घोषणा गरेका हुन् ।



प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पोखरा मात्रै नभएर सिंगो देशकै पयर्टन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । पोखरा बहुआयामिक विशेषताले भरिएको शहर भएको बताउँदै प्रचण्डले प्रकृति र संस्कृति पोखरा सम्पन्न रहेको बताए ।

यो घोषणासँगै पर्यटन प्रबद्र्धन गुणात्मक सफलता हाँसिल हुनसक्ने बताए । पर्यटन क्षेत्रमा पोखराको ब्राण्डिङ्ग गर्न यो घोषणाले सहयोग पुग्ने प्रचण्डको भनाई छ । पर्यटन राजधानीको घोषणासँगै आवश्यक नीतिगत व्यवस्थालाई अगाडि बढाउन पनि सरकारले भूमिका खेल्ने उनले बताए ।

पर्यटकीय राजधानी घोषणासँगै आजदेखि पोखरा २४सैं घण्टा खुल्ने भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई खुला गराउन सम्पूर्ण व्यवस्था गरिएको बताए ।

गत कात्तिकमा उच्च अदालत पोखराले पोखरालाई २४ सै घण्टा खोल्न अन्तरिम आदेश दिएको थियो । तर, सुरक्षा व्यवस्था मिलाउन नसक्दा खुला भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट