घट्यो सुनको मूल्य-Sutra News

घट्यो सुनको मूल्य

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन (आइतबार) अघिल्लो कारोबार दिनको तुलनामा तोलामा चार सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । यस दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्यमा भएको घटबढ र आन्तरिक बजारमा मागमा आउने उतार चढावले सुनचाँदीको मूल्यलाई प्रभाव पार्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट