मुटु जचाउन टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु-Sutra News

मुटु जचाउन टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका चितवनको रत्ननगर नगरपालिका ३ लौरीघोलका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय जीवनबाबु थापा मगर रहेका छन् ।



पूर्वी चितवनको बकुलर अस्पतालमा मुटु जाँचको बहिरङ्ग सेवाको टिकट लिन लाइन बसेकै बेलामा ढलेका मगरलाई उक्त अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा ज्यान गुमाएको रत्ननगर अस्पतालले जनाएको छ । कार्डियाक एरेस्टका कारण उनको मृत्यु भएको हो ।

पछिल्लो दुई दिन सार्वजनिक बिदा भएसँगै खुलेको अस्पतालको सेवा लिन आउने सेवाग्राहीको लामो लाइन थियो । मगर बिहान १० बजे अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट