अमेरिकाले अवैध बाटोबाट पुगेका आठ नेपालीलाई फर्काइदियो-Sutra News

अमेरिकाले अवैध बाटोबाट पुगेका आठ नेपालीलाई फर्काइदियो

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौं । अमेरिका पुगेका आठ नेपालीलाई फर्काइदिएको छ । अवैध बाटो अमेरिका पुगेका उनीहरूलाई फर्काएएको हो ।



अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ,” उनले भने, “हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए, आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ, उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझने छौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट