लसुन खानु स्वास्थ्यका लागि कति हानिकारक ?-Sutra News

लसुन खानु स्वास्थ्यका लागि कति हानिकारक ?

सोमबार, ७ फाल्गुन २०८०

सोमबार, ७ फाल्गुन २०८०

काठमाडौं । खाली पेटमा लसुन खाँदा हुने फाइदा हामी सबैलाई थाहा छ । तर, लसुनको सेवन हानिकारक हुन्छ भन्ने कुरा कत्तिको थाहा छ ? आज यसै विषयमा तपाईंलाई जानकारी दिने प्रयास गरेका छौँ ।



हाम्रो भान्सामा लसुनको आफ्नै विशेष महत्व छ । लसुन धेरै फाइदाजनक पनि छ । यसले विभिन्न स्वास्थ्य लाभ प्रदान गर्नुको साथै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, मुटुलाई स्वास्थ्यमा राख्न र क्यान्सरलाई रोक्न समेत सहयोग गर्छ ।

लसुनको फाइदासँगै बेफाइदा पनि जोडिएका छन् । लसुनको अत्यधिक सेवन शरीरका लागि कति खतरनाक साबित हुन सक्छ ?

कलेजोमा हानी

लसुन धेरै खानु कलेजोका लागि निकै खतरनाक साबित हुन सक्छ । किन भने काँचो लसुनमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको अत्यधिक सेवनले कलेजोमा विषाक्तता हुन सक्छ ।

पेटमा खराबी

खाली पेटमा लसुन खाँदा पेट खराब हुन सक्छ । यदि, तपाईं खाली पेटमा लसुन खानु हुन्छ भने होसियार हुनुहोस् । किनकी यो धेरै खाँदा ‘लुज मोसन’ हुन सक्छ । यस्तै, पेट फुल्ने हुन सक्छ । यदि, पाचनमा समस्या छ भने लसुन खानु हुँदैन ।

पेट पोल्नु

लसुनले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकमा जलन पैदा गर्न सक्छ । जसले वाकवाकी लाग्ने, बान्ता हुने र पेट दुख्ने समस्या हुन्छ । लसुनमा केही विशेष गुण हुन्छ ।

रगत पातलो बनाउँछ

लसुनले तपाईंको रक्त नलीलाई फैलाउँछ । रगतलाई पातलो बनाउने काम पनि गर्न सक्छ । अर्थात्, घाउ लाग्दा वा शल्यक्रिया गर्दा तपाईंको रक्तश्रावमा अत्याधिक समस्या बढाउँछ । त्यस कारण घाउ ठिक नभएसम्म लसुन खानबाट बच्नु होस् ।

सास गन्हाउँछ

लसुनलाई चमत्कारिक जडीबुटीको रुपमा मानिन्छ । तर, यसको अत्यधिक सेवन तपाईंको सासमा दुर्गन्ध हुन सक्छ । यहाँसम्म कि यसको सानो टुक्राले पनि धेरै गन्ध निम्त्याउन सक्छ ।

एलर्जी

लसुन धेरै खाँदा एलर्जी हुन सक्छ । जसका कारण छालामा दाग देखिन थाल्छ । छाला पनि खराब हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट