भक्तपुरको एक कवाडी संकलन केन्द्रमा भीषण आगलागी-Sutra News

भक्तपुरको एक कवाडी संकलन केन्द्रमा भीषण आगलागी

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ को एक कवाडी संकलन केन्द्रमा भीषण आगलागी भएको छ ।



शनिबार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाइएको छ ।

आगलागीबाट कवाडी संकलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट