केएमसीले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन-Sutra News

केएमसीले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ । बुधबार कलेज प्रशासन र रेजिडेन्ट डाक्टरबीच भएको ८ बुँदे सम्झौँतापछि निलम्बन फिर्ता लिएको हो ।



मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएकाे थियाे । जुन निर्देशनपछि बुधबार बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो।

आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा खटाउने सहमति भएको छ।

साथै, कार्यविधि बनाउन केयू स्कूल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा. दीपक कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने भएको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ ।

स्वास्थ्य शिविरका जान अस्वीकार गर्दै विराेधमा उत्रिएका डा. विशदलाई कलेज प्रशासनले एक महिना निलम्बन गर्ने निर्णय गरेको थियो । उनकाे निलम्बनलाई लिएर केएमसीका आवासीय चिकित्सकहरू विराेधमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट