जो १६ वर्षदेखि मलेसियामा बेपत्ता छोराको आसमा छन्-Sutra News

जो १६ वर्षदेखि मलेसियामा बेपत्ता छोराको आसमा छन्

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया पुगेका अर्जुनधारा-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् ।



उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया पुगेका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो,’ विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो, कहाँ छ ?, के गर्दैछ ?, केही अत्तोपत्तो छैन ।’

उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् ।

‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन,’ विनोदका ७१ वर्षीय बुबा वीरबहादुरले भने ।

सुकमायाले ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बामार्फत काठमाडौंको मेनपावरबाट मलेसिया पठाएको बताइन् ।

उनले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताउँछन् ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउँछन् । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए ।

विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएको थियो भन्ने बारेमा उनका बुबा र आमाले बताउन सकेनन् । तर, मेनपावर कम्पनीसम्म पुर्याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट