पृथ्वीको त्याे भाग जहाँ उज्यालाे देख्न छ महिना कुर्नुपर्छ…-Sutra News

पृथ्वीको त्याे भाग जहाँ उज्यालाे देख्न छ महिना कुर्नुपर्छ…

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

संसारका हरेक ठाउँको आ–आफ्नै विशेषता हुन्छ । कुनै भाग भौगोलिक अवस्थाका कारण चिनिन्छन् त कुनै आफ्नै संस्कृतिले गर्दा अरूभन्दा भिन्न हुन्छन् । कतिपय ठाउँमा अत्याधिक गर्मी छ भने कतिपय ठाउँमा अत्याधिक चिसो छ । कतिपय ठाउँमा मौसम यति चरम छ कि दैनिक जीवन जिउनु पनि मानिसहरूका लागि संघर्षभन्दा कम छैन।



एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि हरेक दिन संघर्ष गर्नुपर्छ । कारण यहाँको मौसम हो, जसले उनीहरूलाई आफ्नो सामान्य दिनचर्या पालना गर्न दिँदैन।

यो ठाउँमा पुग्न जति गाह्रो छ, यहाँ बाँच्न पनि उत्तिकै गाह्रो छ किनकि यो संसारको अन्य भागभन्दा बिल्कुलै फरक छ । यहाँ न त सामान्य ठाउँ जस्तै खानेकुरा पाइन्छ न त आरामपूर्वक घुम्न नै पाइन्छ । हामीलाई नियमित लाग्ने काम यहाँ आएपछि गाह्रो हुन्छ।

६ महिनासम्म अन्धकार

तपाईंले दक्षिणी ध्रुवको बारेमा सुन्नु भएको होला, त्यो अत्यन्त चिसो ठाउँ, जहाँबाट हामी सबैले सान्ता क्लज आउने कथाहरू सुनेका छौं। यहाँको तापक्रम निकै कम छ ।

सान फ्रान्सिस्को निवासी ३२ वर्षीया मिशेलले यहाँ बसेको आफ्नो अनुभव विश्वससामु सुनाएकी छिन् । डेली मेलको रिपोर्टका अनुसार ती महिला गत वर्ष नोभेम्बरमा त्यहाँ पुगेकी थिइन् र हस्पिटालिटी म्यानेजरको रूपमा काम गर्न थालेकी थिइन् ।

उनले दक्षिण ध्रुवमा माइनस १०६ फरेनहाइट तापक्रम भए पनि शरीरले छिट्टै अनुकुलित हुने अनुभव बताएकी छिन् ।

यहाँ नोभेम्बरदेखि फेब्रुअरीसम्म उज्यायाे भइरहन्छ मेपछि नोभेम्बरसम्म पूरै अन्धकार हुन्छ । उज्यालाेकाे समयमा पनि पूरै घाम नहुने उनले बताएकी छिन् ।

६ मिनेटमा नुहाउनुपर्छ

यसबाहेक, दक्षिण ध्रुवमा रहँदा तपाईं हरेक दिन नुहाउन पाउनुहुन्न । मानिसहरूलाई हप्तामा दुई पटक मात्र नुहाउन दिइन्छ र त्यो पनि दुई मिनेट मात्र।

सबैभन्दा चाखलाग्दो कुरा के छ भने, यहाँ क्रिसमस मनाउने परम्परा फरक-फरक छ । मानिसहरू जुलाई महिनाभर क्रिसमस मनाउने गर्छन्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट