प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा-Sutra News

प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।



त्यस अवसरमा प्रधानमन्त्रीले यूएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिएका थिए । कोप-२८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान यूएई पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट