‘फेस्टिभ अफर’ भन्दै ग्राहक ठग्दै डिसहोम, पाइँदैन विज्ञापनमा भनिएजस्तो छुट-Sutra News

‘फेस्टिभ अफर’ भन्दै ग्राहक ठग्दै डिसहोम, पाइँदैन विज्ञापनमा भनिएजस्तो छुट

पाइँदैन एक वर्षको नयाँ कनेक्सनमा दुई वर्ष

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०

काठमाडौं । डिस मिडिया नेटवर्कले दसैँ तिहारलाई लक्षित गरी विभिन्न अफरहरु ल्याएको छ । जसमा विशेषगरी ‘डबल अफर’बारे अहिले बढी चर्चा छ । ‘फेस्टिभ २४ मन्थ प्याकेज’ र ‘कनेक्सनको दोब्बर उत्सव’ले ग्राहकहरु आर्कषित भएका छन् ।



तर, कम्पनीले विज्ञापनमा भनेजस्तै यी अफर साँचो भने होइनन् । विज्ञापनबारे कम्पनीसँग बुझ्दा ‘फेस्टिभ २४ मन्थ प्याकेज’ एक वर्षको नयाँ जडान वा नविकरण गर्दा दुई वर्ष हुने नभई दुई वर्षको भुक्तान गर्दा निकै थोरै रकम छुट मात्रै पाइने हो ।

कम्पनीले सस्तो प्याकेज क्रमशः हटाउँदै लगेको छ । जसको लागि अहिले अफर ल्याएको हो । जसमा कम्पनीले एक वर्षको लागि ‘डबल स्पिड’ भने दिने भनेको छ तर, दुई वर्षको लागि भन्दै ग्राहक हुने व्यक्ति भने यसमा पनि ठगिनेछन् ।

कम्पनीबाट बुझ्दा ५० एमबिपिएसको फाइबर नेट एक वर्षको लागि जोड्दा ७ हजार ७९४ रुपैयाँ तिर्नुपर्छ भने दुई वर्षको लागि जोड्दा १३ हजार ८९८ रुपैयाँ तिर्नुपर्छ । जसको अर्थ दुई वर्षको तिर्दा जम्मा १ हजार ६९० रुपैयाँ मात्रै छुट पाइन्छ ।

सबै प्याकेज (५०, ७५, १००, १५० एमबिपिएस)लगायतमा क्रमशः यसैगरी स्कीम दिइएको छ । जुन छुट नगन्य मात्रै होइन, ग्राहकलाई पूर्ण झुक्याउने खालको छ ।

दराजमार्फत थप अर्को ठगी

कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत विभिन्न प्याकेजको एक खालको दररेट राखेको छ । तर, कम्पनीमार्फत नै दराज अनलाइनमार्फत सार्वजनिक ती प्याकेजहरुको दररेट भने भिन्न छ । दराजमा नयाँ अफरलाई लिएर अर्को ठगी गरिएको पाइन्छ ।

कम्पनीले फेस्टिभ अफरको रुपमा १०० एमबिपिएस इन्टरनेटको वार्षिक शुल्क ७ हजार ७९८ रुपैयाँ तोकेको छ तर, दराजमार्फत भने सो प्याकेजको मूल्य ९ हजार ३७७ रुपैयाँ तिनुपर्छ ।

जुन छुटसहितको रकम हो । दराजले पनि ११ः११ अफरमा १९ प्रतिशत छुट दिँदै उक्त दर कायम गरेको हो । अन्य प्याकेजहरुमा पनि सोही शैलीमा डिस होमबाट ठगी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट