राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेपछि…-Sutra News

राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेपछि…

शुक्रबार, १९ असोज २०८०

शुक्रबार, १९ असोज २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर सम्बोधन गरेपछि विवाद भएको छ । नेपालगन्जको घटनालाई लिएर पूर्वराजा शाहका गतिविधिमाथि निगरानी गर्न माग गरिएकोमा लिङ्देनले विरोध जनाउँदै ‘राजा ज्ञानेन्द्रको गतिविधिमाथि किन प्रश्न ?’ भन्ने शैलीमा अभिव्यक्ति दिएका थिए ।



लिङ्देनले प्रतिनिधिसभामा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर सम्बोधन गरेपछि विवाद भएको हो ।

“केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् त्यसलाई निगरानी गर्नुपर्‍यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन् उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह र अनुरोध गरे। कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ ?”, लिङ्देनले भनेका छन्, “राजा ज्ञानेन्द्रको कुन गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरूद्ध गरिरहेको छ त्यसको जानकारी लिन चाहन्छु। त्यसबारे प्रष्ट पार्न साथीहरूलाई आग्रह गर्दछु।”

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लिङ्देनको भनाई रेकर्डबाट हटाउन माग गरे । संविधानले कुनै राजालाई नचिनेको भन्दै संविधान बाहिरको अभिव्यक्ति स्वीकार्य नहुने बताए ।

“नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीय सदस्यले राजा शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्”, उनले सभामुखलाई भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट