राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?-Sutra News

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

सोमबार, १ असोज २०८०

सोमबार, १ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।



केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका विभिन्न ३० जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्टि्रकल एण्ड इलेक्टि्रक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो ।

सूचनाअनुसार दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ । ४५ वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।

आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ ।

आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट