चलचित्र ‘बगान’ तेस्रो सातामा-Sutra News

चलचित्र ‘बगान’ तेस्रो सातामा

शुक्रबार, १२ साउन २०८०

शुक्रबार, १२ साउन २०८०

आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका हलमा १०० भन्दा बढी शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत् प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको छ।



अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।

अभिनेत्री कार्कीले निर्वाह गरेको पात्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दर्शकले दिएका छन्। चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री कार्की जस्तै छोरी भएमा समाज रुपान्तरण हुने भनाइ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट