‘कार्साङ’मार्फत् नायिकामा छिरिङ शेर्पाको डेब्यु-Sutra News

‘कार्साङ’मार्फत् नायिकामा छिरिङ शेर्पाको डेब्यु

आइतबार, ७ साउन २०८०

आइतबार, ७ साउन २०८०

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै फिल्ममार्फत् नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।



छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् ।

यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट