पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा-Sutra News

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।



अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ देखि २०७९ सम्मको अवधिलाई आधार बनाएर ढकालको सम्पत्ति छानबिन गर्दा एक करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको स्रोत खुल्न नसकेको भन्दै आज मुद्दा दायर गरेको हो ।

पाँच वर्ष कोषको सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।

अख्तियारले आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट