शरणार्थी प्रकरण : बयानकर्ताले भने जस्तै आरजु र मञ्जुले रकम लिएका छैनन् त?-Sutra News

शरणार्थी प्रकरण : बयानकर्ताले भने जस्तै आरजु र मञ्जुले रकम लिएका छैनन् त?

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा र केशव दुलालले आरजु राणा देउवा र मञ्जु खाणले पैसा लिएको कुरा वास्तविक नभएको बयान दिएका छन्। आरजु र मञ्जुको नाम जोडिएर केही समयअघि सार्वजनिक अडियोको विषयमा प्रहरीले उनीहरूमाथि केरकार गरेको थियो। सोहीक्रममा दुवै जनाले रकम लिएको कुरा गलत भएको इन्कारी बयान दिएका हुन्।



सन्देश शर्माले भनेका छन्, ‘…तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनि जानकारी गराइदिनु भयो भने हामी बाँच्छौँ भनि पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनि भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जुखाणको समेत नाम लिई मैले रकम बुझाएको भनि कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। जाहेरवालाहरूले भन्नु भनेअनुसारमात्र भनेको हुँ। मैले निजहरूलाई चिनेको छैन चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदैबिना काम दिने कुरै भएन।’

अडियोको विषयमा दुलालले पनि रकम लिएको भनेर बोलेकोबारे थाहा नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट