सांसदमा पुनर्बहालीको माग राखेर ढाकाकुमारले दिएको रिटमाथि सुनुवाइ हुँदै-Sutra News

सांसदमा पुनर्बहालीको माग राखेर ढाकाकुमारले दिएको रिटमाथि सुनुवाइ हुँदै

सोमबार, २५ बैशाख २०८०

सोमबार, २५ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस लेनदेनको कुरा गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट पनि निलम्बन गरेको थियो।

उनले हिजो दायर गरेको रिटमाथिको सुनुवाइका लागि आजलाई पेसी तोकिएको थियो। पार्टीले कारबाही गरेको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले संसद्‌ बैठकमा उनी निलम्बनमा परेको सूचना सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट