नेताहरूलाई गाली नगर्ने जनता नै छैनन् – सिके राउत (भिडियोसहित)-Sutra News

नेताहरूलाई गाली नगर्ने जनता नै छैनन् – सिके राउत (भिडियोसहित)

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अहिले वैकल्पिक राजनीतिक दलहरु अगाडि बढ्न नसक्नुमा अहम प्रश्न रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशनमा स्वागत मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।



नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताउदै उनले पार्टीमा आवद्ध भएतापनि ९९ प्रतिशत जनताहरुले गाली नै गर्ने बताए । राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको राउतको भनाई छ । उनले प्रश्न गर्दै भने वैकल्पिक राजनीतिले आफ्नो बाटो किन लैजान सकेन त रु

अहिले चरम भ्रष्टाचार छ,कुशासन रहेको भन्दे उनले वैकल्पिक शक्तिले जनताको आवाज क्यास गर्न नसकेको बताए । उनले भने – ‘नेताहरुलाई गाली नगर्ने जनता कति प्रतिशत छन् होला। पार्टीमा आवद्ध भएतापनि ९९ प्रतिशत जनताहरुले गाली नै गरेका होलान। असन्तृष्टि जाहेर गरिराख्छन्। यो भएन त्यो भएन भनिराख्छन्। राजनीतिक पार्टीमा आवद्धपनि हुन्छन्। भोट पनि दिन्छन्। असन्तृष्ट र आक्रोश जाहेर गरेकै हुन्छन्। गाली पनि गरेकै हुन्छन्। ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट