बालगायिका कमलाले गायिका समीक्षा अधिकारीलाई चोट दिने गरी गीत गाएपछि सामाजिक सञ्जालमा हंगामा-Sutra News

बालगायिका कमलाले गायिका समीक्षा अधिकारीलाई चोट दिने गरी गीत गाएपछि सामाजिक सञ्जालमा हंगामा

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

काठमाडौं – बालगायिका कमला घिमिरेले गाएको गीतलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । ‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीमा बाल गायिका कमलाले गायिका समीक्षा अधिकारीलाई चोट दिने गरी गीत गाएको भन्दै आलोभना गरिएको हो ।



उक्त गीतमा समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाएको भन्दै गायिका जमुना सनम र लोक गायक राजु ढकालले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । लाइभ दोहोरीका कतिपय टुक्काप्रति गायक गायिकाहरुले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको बताइएको छ ।

गायिका सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन। डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’

यस्तै स्रष्टा नकुल ढकालले पनि बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्भ नेर भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट