४५५ जना नयाँ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु-Sutra News

४५५ जना नयाँ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

आइतबार, २९ साउन २०७९

आइतबार, २९ साउन २०७९

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५५ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ३०२ जना संक्रमित निको भएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ८२९ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सो अवधिमा २ हजार ३०८ जनाको पीसीआर र २ हजार ५२१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट