नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो – प्रचण्ड-Sutra News

नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो – प्रचण्ड

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् ।



काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।

देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा छ । प्रतिगमनकारी षड्यन्त्र र चलेखल अझै पनि जारी छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामले संविधान र लोकतन्त्रको सुदृढीकरण एवं कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएको छ । स्वभावैले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा कस्तो खाले मोर्चा, गठबन्धन र तालमेल हुन्छ आमचासोको विषय बनेको छ । यो नयाँ र सकारात्मक स्थितिका बाबजुद देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट