निर्वाचन सुरु हुनैलाग्दा बालेनले किन यस्तो लेखे ?-Sutra News

निर्वाचन सुरु हुनैलाग्दा बालेनले किन यस्तो लेखे ?

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका लागि उम्मेदवारी दिएका बालेन शाहले आज सुरु भएको स्थानीय तहको निर्वाचनमा आफूहरुले निर्धक्कसहित मत दिन आग्रह गरेका छन् ।



शुक्रबार सामाजीक संजालमा लेख्दै उनले परिवर्तनका लागि राम्रो मान्छेले चुनाव जित्नुपर्ने बताएका हुन् ।

‘अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर, उनले लेखेका छन्, ‘ हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।‘

आज देशभरी स्थानीय तहको निर्वाचन हुँदैछ । शीर्ष नेताहरुले विभिन्न ठाउँहरुबाट भोट हाल्दैछन् ।

हेर्नुहोस् उनको पोष्ट

अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।

 चुनाव हो, हामीले सामर्थ्यले भ्याएसम्म प्रतिष्पर्धा गर्यौँ होला । मनमा हार वा जीत, आफ्नो वा पराइको भावना पनि आयो होला । तर हाम्रा प्रतिष्पर्धा, हार-जीत, आफ्नो-पराइका भावनाहरु पनि मतपेटिकामा नै खस्न पर्छ, ताकि हाम्रा सबै किसिमका प्रतिष्पर्धाहरु हामीबाट रित्तिउन्, दल वा समुहको नरहेर हामी महानगरको मात्रै बन्न सकौँ । हरेक विजेता महानगरको विजेता बनोस् । र, हरेक विजेताले सम्पुर्ण महानगरलाई जिताउने प्रण गरोस् । कसले उसलाई भोट दियो वा दिएन भन्ने कुनै पनि कुराले तिलजत्ति पनि फरक नपरोस् ।

 गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु लोकतन्त्रमा हुनु हुदैन । आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँछ । यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण हुन्छ । यसैले जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिनुहोला । र, आफ्नो मनले खाएको, महानगर तथा वडाहरुलाई प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिनुहोला ।

हामी सबैलाई शुभकामना ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट