एमालेसंग वार्ता गर्न काँग्रेस नेताहरु आज पनि बालकोटमा-Sutra News

एमालेसंग वार्ता गर्न काँग्रेस नेताहरु आज पनि बालकोटमा

शनिबार, १४ फाल्गुन २०७८

शनिबार, १४ फाल्गुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नका लागि सत्ता दल नेपाली काँग्रेसका नेताहरु बालकोट पुगेका छन् ।



अहिलेसम काँग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता बालकोट पुगेका छन् । यता एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायत पनि बालकोटमै रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका ओलीबीच भेटवार्ता हुनुअगाडी नै काँग्रेसका नेताहरु ओली निवास बालकोट पुगेका हुन् ।

हिजो शुक्रबार पनि काँग्रेसका नेताहरुले एमालेका अध्यक्ष ओलीलाई बालकोटमै गएर भेटेका थिए ।

एमसीसीलगायतका विषयमा आज ओली र देउवाबीच निर्णायक वार्ता हुने बुझिएको छ ।

पछिल्लो समय काँग्रेस एमालेका मागहरु पुरा गर्नका लागि लचिलो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट