हटस्पट बन्दै काठमाडौं, एकै दिन १४९८ जनामा कोरोना संक्रमण-Sutra News

हटस्पट बन्दै काठमाडौं, एकै दिन १४९८ जनामा कोरोना संक्रमण

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट