टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते-Sutra News

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। शनिबार राति भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।



बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी अपिलराज बोहराले दुर्घटनामा एक जनाको मृत्यु भएको र एक घाइते भएको बताए । मृत्यु हुनेमा बझाङको थलारा घर भइ ललितपुर बस्दै आएका २४ वर्षीय बसन्त विष्ट रहेका छन् ।

गम्भीर घाइते भएका विष्टको शहिद मेमोरिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का बझाङकै चैनपुरका २६ वर्षीय निखिल बम घाइते भएका छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट