अहिले गैंडाले उचालेको एमालेको झण्डा पछि बाँदरको हातमा पुग्छ-Sutra News

अहिले गैंडाले उचालेको एमालेको झण्डा पछि बाँदरको हातमा पुग्छ

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।



समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् । अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् ।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १०औं महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु,’ उनले भने,‘एमाले एउटा प्राइभेट कम्पनी हो । त्यससँग कुनै पनि हालतमा एकता हुन्न ।’

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट