माधव नेपाललाई ओलीले भने- ‘चोइटिएर एमाले नेता घटेका छैनन्’-Sutra News

माधव नेपाललाई ओलीले भने- ‘चोइटिएर एमाले नेता घटेका छैनन्’

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् ।



राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्ताे बताएका हुन् ।

ओलीले भने, ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ ।’

आउने चुनावपछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट