राति अचाक्ली घुर्ने समस्या छ ? यसरी गर्नुहोस् समाधान-Sutra News

राति अचाक्ली घुर्ने समस्या छ ? यसरी गर्नुहोस् समाधान

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

राति सुत्दा घुर्ने समस्या सबैले भोगेको समस्या हो । यसले सँगै सुत्नेलाई डिस्टर्ब त गर्छ नै अन्य दीर्घकालीन रोगको समस्या रहेको संकेत पनि गर्छ ।



घुर्ने समस्या भएकाले निम्न उपाय अपनाए यसलाई कम गर्न सकिन्छ ।

-सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।

– शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनुपर्छ ।

– घुर्ने मानिस उत्तानो सुत्नु हुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।

– यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

– मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

– घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।

– अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट