भगिराज इङ्नामलाई मदन पुरस्कार-Sutra News

भगिराज इङ्नामलाई मदन पुरस्कार

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

काठमाडौं- मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय गरेको छ ।



असोज सात गते बसेको गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । गुठीमा प्राप्त २२२ पुस्तकमध्ये ९ वटा पुस्तकहरू क्रमशः एकलव्यको देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प–ग्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुवँर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० (भगिराज इङ्नाम) मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए

यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।

madan.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट