नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा-Sutra News

नेपाल-भारत मैत्रीपूर्ण खेल हेर्न पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाँण रंगशालामा

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- दोस्रो मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो । दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण मैदानमा उपस्थित भएका छन् ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट