देशभर भारी वर्षाको सम्भावना-Sutra News

देशभर भारी वर्षाको सम्भावना

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

काठमाडौं- आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही तल रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



महाशाखाकाअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आकलन गरिएको छ ।

राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट