मुलुकभर मनसुन सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना-Sutra News

मुलुकभर मनसुन सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

काठमाडौं- मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । 



शनिबार बिहान  सातवटै प्रदेशका केही-केही स्थानमा वर्षा भइरहेको छ । शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश १,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाकाे आकलन गरिएकाे छ । राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

साेमबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट