कस्तो रहला आज दिनभरको मौसम ?-Sutra News

कस्तो रहला आज दिनभरको मौसम ?

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- आज सोमबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।



जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट