ओलीसँग भेट्ने तयारीमा रहेका नेपालले किन भेटे प्रचण्ड ?-Sutra News

ओलीसँग भेट्ने तयारीमा रहेका नेपालले किन भेटे प्रचण्ड ?

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित एक एमाले नेताको घर भेटवार्ता भइरहेको छ ।



नेपालनिकट एक केन्द्रीय सदस्य पार्वती थापाको कोटेश्वरमा रहेको घरमा दुवै नेताबीच करीब डेढ घण्टादेखि छलफल भइरहेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको तयारी भइरहेका बेला वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।

ओली र नेपालबीच आजै भेट हुने कतिपय नेताहरूले दाबी गरेका छन् तर समय र स्थान भने खुलाइएको छैन ।

भेटघाटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

एमाले एकताका लागि प्रयास भइरहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ ।

नेता नेपालले सरकारबाहिरै बसेर पार्टी एकताका लागि प्रयास गर्ने बताएका थिए । प्रचण्डले नेता नेपाललाई सरकारमा आउन आग्रह गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट