आज साउन ७ गते बिहीबारको राशिफल, यी राशि हुनेहरूलाई शुभ-Sutra News

आज साउन ७ गते बिहीबारको राशिफल, यी राशि हुनेहरूलाई शुभ

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

मेष: आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।



वृष: नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ ।

मिथुन: प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।

कर्कट: रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।

सिंह: सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।

कन्या: प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ ।

तुला: आफ्नो क्षेत्रमा  प्रभुत्व जमाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक: विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

धनु: काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।

मकर: सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ ।

कुम्भ: अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

मीन: विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट