सोमबार फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

सोमबार फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।



आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट