पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध-Sutra News

पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

पर्वत- लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा पहिरो र लेदोले गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।



सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट