प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु-Sutra News

प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं- बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ ।



कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालकाअनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट