नेपालमा कोरोना भाइरसबाट एकैदिन १०८ जनाको मृत्यु-Sutra News

नेपालमा कोरोना भाइरसबाट एकैदिन १०८ जनाको मृत्यु

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८०९८ पुगेको छ ।



यस्तै उक्त समयमा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट