काठमाडौँ उपत्यकामा मात्र थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा मात्र थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका हुन् ।

यही अवधिमा नेपालमा थप ४ हजार ४७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

 नेपालमा थप ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।

आज १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट