एसईई परीक्षाको मूल्यांकन वैकल्पिक विधिबाट गर्ने तयारी हुँदै-Sutra News

एसईई परीक्षाको मूल्यांकन वैकल्पिक विधिबाट गर्ने तयारी हुँदै

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ । सरकारले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ।



शनिवार बसेको बोर्डको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन्।

उनका अनुसार एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने भनेर  शिक्षा मन्त्रालयमा सिफारिस गरिएको छ ।  शिक्षा मन्त्रालयको  निर्णयपछि एसईई परीक्षा सञ्चालन हुनेछ।   

गत जेठ १३ गतेदेखि हुने भनेको एसईई परीक्षा कोरोनाका कारण संचालन हुन् सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट