चाणक्यको जीवन दर्शन : धेरै सोझो हुनु राम्रो हुँदैन-Sutra News

चाणक्यको जीवन दर्शन : धेरै सोझो हुनु राम्रो हुँदैन

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

चाणक्य एक योग्य शिक्षक थिए । उनी राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् ।



जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।

उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन् ।

तीमध्ये एक हो ‘आम्दानी भन्दा बढी खर्च गर्नु मुर्खता हो’ ।

चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निशानी हो । पूँजीलाई सधैं जरुरी समयका लागि जोगाएर राख्नुपर्छ ।

चाणक्य नीति अनुसार भोग विलासिताका वस्तुहरूमा खर्च गर्नु हुँदैन । जसले यसो गर्छ उसलाई ऋण लाग्नबाट कसैले रोक्न सक्दैन । यस्ता व्यक्तिहरूको जिन्दगीमा दुख, कलह र मानसिक तनावले घेरिरहन्छन् ।

चाणक्यको अर्को प्रसिद्ध भनाइ छ, ‘कोही पनि आफ्नो जन्मले होइन कर्मले महान् हुन्छ ।’

उनले यसको व्याख्या गर्दै भनेका छन्, जो कोही व्यक्तिले पनि आफ्नो कर्मलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जन्मका आधारमा श्रेष्ठता मापन हुँदैन बरू व्यक्तिले कस्तो कर्म गर्छ त्यसले उसको सफलता निर्धारण गर्छ ।

चाणक्यले भनेका छन्, ‘कुनै पनि व्यक्ति धेरै सरल र सिधा हुनु फाइदाजनक छैन ।’ जसरी जंगलमा सिधा उभिएको रुखलाई मान्छेले काट्ने गर्छन्, त्यस्तै गरी सोझो मान्छेलाई अरूले हेप्ने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट